सार्वजनिक गाडीमा सीसीटिभी क्यामेरा
काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारीसाधनमा सीसीटिभी क्यामेरा जडान गर्न थालिएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालय र नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा) को सहकार्यमा यो कार्यको शुरुवात भएको हो ।
उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ईश्वर कार्कीले आज उपत्यकामा चल्ने केही सार्वजनिक सवारीसाधनमा सीसीटिभी र ड्यासबोर्ड क्यामेरा जडान गरेका छन् ।
त्यसक्रममा उनले सार्वजनिक यातायातमा सबैभन्दा बढी नागरिकको पहुँच हुने भएकोले यो कार्यको थालनीले प्रविधियुक्तसँगै यात्रु र उनीहरुको सामनाको सुरक्षासमेत गर्ने बताए । कार्यक्रममा चोरिएका चार दर्जन सवारीसाधन सम्बन्धित धनीलाई बुझाएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले विभिन्न मितिमा चोरिएका वा हराएका ५० वटा सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् । जसमध्ये २३ वटा मोटरसाइकल र २७ वटा स्कुटर रहेका छन् ।
टिप्पणीहरू