सबै श्रेणीहरू

प्रचण्ड निवास पुगे चिनियाँ कम्युनिस्टका दूतहरु

प्रचण्ड निवास पुगे चिनियाँ कम्युनिस्टका दूतहरु

 चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) अन्तर्राष्ट्रिय विभागबाट नेपाल मामिला हेर्ने सरला नामक चङ युयाले आज नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेकी छन् ।

भेटका लागि उनको ३ सदस्यीय टोली बिहान पौने ९ बजे नक्सालको म्यारियट होटलबाट सोझै दाहाल निवास हात्तिवन पुगेको थियो ।

भेटवार्तामा नेकपा संयोजक प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल,नेता वर्षमान पुन तथा चिनियाँ कम्युनिस्ट पार्टीका प्रतिनिधिहरू सहभागी थिए । भेटमा नेपाल–चीन सम्बन्ध,दलीय सहकार्य तथा आपसी चासोका विषयमा छलफल भएको बुझिएको छ । यसअघि यही टोलीले रवि लामिछाने र कुलमान घिसिङ्गसङ्ग भेटिसकेको छ ।