सबै श्रेणीहरू

अन्ततः ‘सेटल्ड’ भइन् झाँक्री

अन्ततः ‘सेटल्ड’ भइन् झाँक्री

नेकपा (एमाले)की नेतृ रामकुमारी झाँक्री राष्ट्रिय सभा सदस्य निर्वाचित भएकी छन् । आज भएको मतदानमा निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीकी दुर्गाकुमारी भण्डारीलाई हराउँदै उनी ६ हजार तीन सय ३ मतसहित निर्वाचित भएकी हुन् । 

गत कात्तिक २४ गते तत्कालीन एकीकृत समाजवादी पार्टी छाडेर एमालेमा फर्किएकी झाँक्रीलाई अध्यक्ष केपी शर्मा ओलीले कसरी व्यवस्थापन गर्छन् भन्ने सर्वत्र चासो थियो । कतिपयले उनी प्रतिनिधिसभा सदस्यको लागि चुनाव लड्ने तयारी रहेको अनुमान गरे पनि अध्यक्ष ओलीले राष्ट्रिय सभामा ‘सेटल‘ गरेका हुन् । 

त्यस्तै लुम्बिनीबाटै चन्द्रबहादुर केसी (खुला) र वासुदेव घिमिरे (अपांग) पनि राष्ट्रिय सभा सदस्य निर्वाचित भएका छन् । उक्त प्रदेशबाट हाल गोपाल भट्टराई, विमला घिमिरे र जगप्रसाद शर्मा राष्ट्रिय सभा सदस्य रहेकोमा आगामी फागुन २० गतेबाट पदावधि सकिदैँछ ।