कोशी प्रदेशबाट राष्ट्रिय सभामा नेकपा एमालेका दुई जना र नेपाली कांग्रेसका एक जनाको प्रतिनिधित्व सुनिश्चित भएको छ । आज विराटनगरमा सम्पन्न निर्वाचनबाट गठबन्धनतर्फ नेकपा एमालेका सोमनाथ पोर्तेल र रोशनी मेचे तथा नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्वाचित भएका हुन्।
महिला समूहबाट नेकपा एमालेकी उम्मेदवार रोशनी मेचेले ७ हजार १७३ मत प्राप्त गरेर विजयी भइन् । उनका प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की नमिता न्यौपानेले २ हजार २६८ मत प्राप्त गरिन्।
दलित समूहबाट एमालेका सोमनाथ पोर्तेलले ७ हजार ४२३ मत ल्याएर विजयी भए भने नेकपाका खेमराज सुन्दासले २ हजार ३७ मत प्राप्त गरेका छन् ।
निर्वाचनमा कोशी प्रदेशका कुल ९२ प्रदेशसभा सदस्यमध्ये ८७ जना र २८७ स्थानीय तहका प्रतिनिधिमध्ये २५८ जनाले मात्र मतदान गरेका थिए। प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका कारण ५ जना प्रदेशसभा सदस्य र ९ जना स्थानीय तहका पदाधिकारी मतदानमा सहभागी भएनन्।
मतदानमा सहभागी नहुने प्रदेशसभा सदस्यहरूमा नेपाली कांग्रेसकी लिलाकुमारी राई, एमालेकी यशोदा कायस्थ तथा राप्रपाका सबिना बजगाईं, निमसरी राजवंशी र गोपालबहादुर विश्वकर्मा रहेका हुन् । मतदानमा सहभागी नहुने भनिए पनि राप्रपाबाट सभामुख बनेका अम्बरबहादुर विष्ट र प्रेम थाम्सुहाङले भने मतदान
स्थानीय तहतर्फ एमालेका भीम योङहाङ, कांग्रेसका रविन साम्राल लिम्बू र नावाङ लाक्पा शेर्पा, राप्रपाका र गरेका थिए।विन्द्र लिङ्देन, लक्ष्मीदेवी मैनाली, राधा कार्की र राम थापा तथा नेकपाबाट निर्वाचित सीता राई र जसपाका गोम्बु शेर्पाले मतदान गरेनन् ।
प्रतिनिधिसभा उम्मेदवारीका कारण अनुपस्थित
कोशी प्रदेशसभा सदस्य राप्रपाका भक्तिप्रसाद सिटौला झापा–४ बाट प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार बनेका छन्। यस्तै, मोरङको रंगेली नगरपालिकाका प्रमुख दिलिप अग्रवाल मोरङ–२ बाट एमाले उम्मेदवार छन्।
ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता थापा एमालेबाट उम्मेदवार बनेकी छन् भने इलाम क्षेत्र नम्बर २ बाट रणबहादुर राई र सोलुखुम्बुबाट असिम राई पालिकाबाट राजीनामा दिएर नेकपाबाट प्रतिनिधिसभा उम्मेदवार बनेका छन्। उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर राई उदयपुर–१ बाट स्वतन्त्र उम्मेदवार बनेका छन्।