श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । प्रतिनिधिसभा सदस्यको लागि सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेद्वारी दिएका उनले निर्वाचन आचारसंहित विपरित चुनावी प्रचारमा बालबालिका प्रयोग गरेको भन्दै धरान नगर बाल सञ्जालले उजुरी दिएको हो ।
उजुरीमा साम्पाङले चुनावी प्रचारको लागि बालबालिका प्रयोग गरेको दावी गरिएको छ । उनलाई आयोगमा बोलाएर स्पष्टीकरण सोध्न र आवश्यक कानुनी कारवाही गर्न पनि माग गरिएको छ ।
सामान्यतया निर्वाचन आचारसंहिता र बालबालिका ऐन ०७५ अनुसार बालबालिकालाई राजनीतिक उद्धेश्यका लागि (प्रत्यक्ष/अप्रत्यक्ष) प्रयोग गर्न पाइँदैन । निर्वाचन आचारसंहित लागू भइसकेकाे अवस्थामा कसैले त्यसो गरेको प्रमाणित भएमा उम्मेद्वारी खारेज समेत हुने कानुनी प्रावधान छ ।