सबै श्रेणीहरू

बालेन र मालपानी सौदाबाजीका थप कथा,जवाफ दिने कसले ?

बालेन र मालपानी सौदाबाजीका थप कथा,जवाफ दिने कसले ?

ओली र पौडेललाई हराउन खोज्दै बालेनलाई गाडी दिने मालपानी रुपन्देहीका विवादास्पद उध्योगपति कमलकिशोर मालपानीले रास्वपा वरिष्ठ नेता बालेन्द्र साह (बालेन) लाई प्रभावमा पारेर रुपन्देही निर्वाचन क्षेत्र नं. २ मा चुन्नप्रसाद पौडेललाई जिताउन अघोषित सहमति गरेको खुलेको छ । चुन्नप्रसाद आसन्न निर्वाचनमा नेपाली काँग्रेसबाट त्यहाँका उम्मेदवार हुन् । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीको क्षेत्रमा प्रतिष्पर्धा गर्न काठमाण्डौंको मेयर छाडेर झापा क्षेत्र नं. ५ पुगेका बालेन्द्रको हाईप्रोफाइल उम्मेदवार हराउने रणनीतिभित्र एमाले उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री बिष्णु पौडेल पनि परेको बताइन्छ । 

रुपन्देही २ बाट उठेका बिष्णुलाई हराउन काँग्रेस उम्मेदवार चुन्नप्रसादलाई सघाउने आन्तरिक सहमतिसहित बालेनलाई बागमती प्रदेश ०१ ०३३ च ४३४३ नम्बरको कालो ल्यान्ड रोभर डिफेन्डर गाडी उपलब्ध गराइएको सूत्रहरुले दावी गरेका छन् । उक्त गाडी कमलकिशोर मालपानीको त्रिमूर्ति इन्डस्ट्रिज प्रा.लि.का नाममा दर्ता रहेको छ ।

हङ्गकङ्गको पिआर भएको जानीजानी सुवेदीलाई उम्मेदवार बनाउने र पछि उजुरी पठाएर उम्मेदवारी खारेज गराई चुन्नप्रसादलाई सघाउने डिजाइन थियो । 

मालपानी,चुन्नप्रसाद र नरिश्वर पौडेललगायतको लगानी रहेको श्रीराम टोबाको नामक विवादास्पद गुट्खा कम्पनीमा पछिल्लो समय बिचौलिया दीपक भट्ट पनि साझेदार बनेका छन् । यशोदा फुड्स प्रा.लि.,पाँचतारे होटल हायात प्यालेस पनि मालपानीको समूहले प्रबर्धन गरेका व्यवसाय हुन् । मालपानीलाई बिचौलिया भट्टसँग जोड्ने काम भने पूर्व उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले हिमालयन रि इन्स्योरेन्स कम्पनीको शेयर दिलाएर गरेका थिए । खोसाखोस भएको हिमालयन रि इन्स्योरेन्स कम्पनीको शेयर लिन एमालेकै कार्यकर्ता ईच्छुक हुँदासमेत उनीहरुलाई पाखा लगाएर मालपानी समूहलाई फाइदा दिलाएका बिष्णुलाई हराउन सोही समूह लागेको पुष्टि हुँदैछ ।

मालपानीको उद्योगले अन्तःशुल्क तथा राजस्व ठगी,नक्कली स्टीकर प्रयोगलगायतका मुद्धा झेलिरहेको छ । बिचौलिया भट्टसहित पूर्व अर्थमन्त्री जनार्दन शर्माको पालामा रातारात करको दर हेरफेर गराउने कार्यमा संलग्न पूर्व नायव सुब्बा रघुनाथ घिमिरेसमेतको पहलमा राजस्व ठगी मुद्धा पेन्डिङ्गमा छन् । राजस्व अनुसन्धान विभागमा पेन्डिङ्गमा रहेका मुद्धासमेत बालेन प्रधानमन्त्री भएपछि मिलाउने दाउ उक्त समूहको छ । सत्ता र शक्तिको पछि लागेर चाकडी गर्ने तथा स्वार्थअनुसारको काम गराउने काममा पोख्न मालपानी र बिचौलिया भट्टकै डिजाइनअनुसार चुन्नप्रसादलाई जिताउन भित्री रुपमा बालेनलाई मनाएर महंगो गाडी उपहार पठाइएको हो । कुनै नाता र साइनो बिना महंगो गाडी उपहार दिनुपर्ने अन्य कुनै कारण थिएन । 

रास्वपा प्रवेश गरेर बालेन प्रधानमन्त्रीको उम्मेदवार बनाइएपछि मालपानीका छोरा निकेश सोही पार्टीमा लागेका थिए । उनीहरुलाई जोड्ने काम लुम्बिनी फुटबल क्लबले गरेको हो ।

रास्वपा प्रवेश गरेर बालेन प्रधानमन्त्रीको उम्मेदवार बनाइएपछि मालपानीका छोरा निकेश सोही पार्टीमा लागेका थिए । उनीहरुलाई जोड्ने काम लुम्बिनी फुटबल क्लबले गरेको हो । बालेनकै पहलमा गठित लुम्बिनी फुटबल क्लबको उनी संरक्षक छन् । उक्त क्लबलाई काठमाण्डौंमा मालपानीको करेन्ट र लाली चाउचाउ स्थापित गराएबापत बालेनकै पहलमा मालपानी समूहले २ करोड रुपैयाँ सहयोग गरेको बताइन्छ । 

‘गाडी दिनुपर्ने खालको सम्बन्ध नै होइन नि मालपानी र बालेनको’,समाचार श्रोतले दावी गर्यो,‘भट्टले नै सब मिलाएका हुन्,एमाले अध्यक्ष ओली र उपाध्यक्ष बिष्णुलाई हराउन सकिने,साझेदार चुन्नप्रसादलाई पनि जिताउन सकिने गरी खेल भएको हो ।’ 

बालेनकै पहलमा गठित लुम्बिनी फुटबल क्लबको उनी संरक्षक छन् । उक्त क्लबलाई काठमाण्डौंमा मालपानीको करेन्ट र लाली चाउचाउ स्थापित गराएबापत बालेनकै पहलमा मालपानी समूहले २ करोड रुपैयाँ सहयोग गरेको बताइन्छ ।

बिचौलिया भट्टले रुपन्देहीकै व्यवसायी सन्तोषनारायण श्रेष्ठलाई प्रधानमन्त्री ओली तथा अर्थमन्त्री बिष्णु पौडेललाई प्रभावमा पारेर धितोपत्र बोर्डको अध्यक्ष बनाएका थिए । ओली र बिष्णुकै जोडबलमा हिमालयन रि इन्स्योरेन्सलाई पनि लाइसेन्स दिइएको थियो । बिष्णुले रि इन्स्योरेन्सको २० करोडको शेयर मागेर कार्यकर्तालाई सोध्दै नसोधी मालपानी समूहलाई दिलाएका थिए ।

रास्वपाले रुपन्देही १ बाट सुनिल लम्साल,२ बाट शुलभ खरेल, ३ बाट लेखजंग थापा,४ बाट कन्हैया यादव र ५ बाट तोफिक खाँनलाई उठाएको छ । बालेनले २ मा आशिष सुवेदीलाई उठाउन जोडबल गरेका थिए । हङ्गकङ्गको पिआर भएको जानीजानी सुवेदीलाई उम्मेदवार बनाउने र पछि उजुरी पठाएर उम्मेदवारी खारेज गराई चुन्नप्रसादलाई सघाउने डिजाइन थियो । तर जिल्ला र प्रदेशबाट सिफारिसमा नपरेका सुवेदीलाई स्वीकार गर्न रवि लामिछाने पक्षका कार्यकर्ता तयार नभएपछि उम्मेदवारी दर्ता गर्ने समयमा शुलभ अघि सारिए । जिल्ला र प्रदेशले उम्मेदवार सिफारिस गर्दा शुलभको नाम अन्तिमतिर भएकाले कतिपय कार्यकर्ताले अहिले पनि उनीमाथि प्रश्न गरिरहेका छन् । 

१ का उम्मेदवार सुनिल लम्सालको जिल्ला र प्रदेश कमिटीले गरेको सिफारिसमा नामै थिएन भने शुलभको नाम अग्रपंक्तिमा थिएन । ३ मा आधिकारिक उमेदवार लेखजंगबिरुद्ध रास्वपाकै प्रदेश कमिटी सदस्य जीतबहादुर शुक्ला र महेन्द्र यादवले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन् । यादव क्षेत्र नं. ४ का लागि सिफारिसमा परे पनि टिकट पाएका थिएनन् । मरिमेटेर पार्टी बनाउने कार्यकर्तालाई उपेक्षा गरी गोजीबाट टिकट दिइएकोमा तल चरम् असन्तुष्टि देखिएको छ ।