राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार खगेन्द्र सुनारविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।
गाईको मासु खान पाउनुपर्छ भन्ने अभिव्यक्ति दिएका उनको उम्मेदवारी खारेज गर्न माग गर्दै राष्ट्रिय कथाव्यास समाजले आज उजुर गरेको हो । उजुरीमा सुनारको अभिव्यक्तिले धर्म, संस्कृति र सामाजिक सद्भावमा चोट पुर्याउने भन्दै आपत्ति जनाइएको छ ।
'बहुसंख्यकहरूको आस्थालाई कुल्चिने मानमर्दन गर्ने अभिव्यक्ति दिने दशको राष्ट्रिय चिन्हहरूको अपमान गर्नेले भोलि देशको हित गर्न सक्छ भनेर हामी नेपालीले कसरी विश्वास गर्न सक्छौँ', १३२ दर्ता नम्बर रहेको उजुरीमा भनिएको छ, #'सनातनीहरूले मातावत् पुजनीय गौमाता देशको राष्ट्रिय जनावर काटेर खानुपर्छ भन्ने अभिव्यक्ति संविधान विपरित छ भनेर हामीले जानकारी गराउनु नपर्ला ।'
केही दिनअघि एक सार्वजनिक मिडियामार्फत गाई काटेर खानु सामान्य कुरा हो भनेर विवादास्पद अभिव्यक्ति दिएका सुनार रास्वपाबाट बाँके क्षेत्र नम्बर ३ मा उम्मेदवार छन् ।