ठगबाट सतर्क रहन वैदेशिक रोजगार विभागको आग्रह
वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखाले ठगहरुबाट सतर्क रहन आग्रह गरेको छ । सेवाग्राहीलाई छिटो काम मिलाइदिने प्रलोभनमा पारेर रकम ठगेको गुनासो आउन थालेपछि शाखाले सतर्क रहन आग्रह गरेको हो ।
शाखाले सूचना जारी गर्दै कसैले प्रलोभन देखाएमा नजिकको प्रहरी, जिल्ला प्रशासन कार्यालय वा सोही शाखामा उजुरी दिन भनेको छ । ठगहरुको खोजी एवम् निगरानी राख्ने कार्य भइरहेको बताइएको छ ।
यस्ता गतिविधिमा संलग्न हुनेलाई कानूनबमोजिम कडा कारबाही गर्ने चेतावनीसमेत दिइएको छ । कोरोना संक्रमणका कारण पछिल्लो दुई वर्षदेखि स्थगित दक्षिण कोरिया जाने प्रक्रिया हालैमात्र सुचारु भएको छ ।
कोरिया जाने प्रक्रिया छिटो मिलाइदिन्छु भनेर लुट्ने कार्य व्याप्त हुँदै गएपछि विभागले सूचना जारी गरेर सतर्कता अपनाउन भनेको हो ।
टिप्पणीहरू