ललितपुरमा बिरामी जनावर बोक्न नयाँ एम्बुलेन्स

ललितपुरमा बिरामी जनावर बोक्न नयाँ एम्बुलेन्स

पछिल्लो सात वर्षदेखि अशक्त जनावरहरुको उपचार गर्दै आएको स्नेहा केयरले नयाँ एम्बुलेन्स पाएको छ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले उक्त संस्थाकी अध्यक्ष स्नेहा श्रेष्ठलाई नयाँ एम्बुलेन्स प्रदान गर्नुभएको हो ।

लामो समयदेखि पुरानै एम्बुलेन्स प्रयोग गरिएकोमा नयाँ एम्बुलेन्स प्राप्त भएपछि अशक्त जनावरलाई उपचार गर्ने कार्यमा राहत मिलेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

जनावर अधिकारका निम्ति धेरै महानगरसँग एम्बुलेन्स सेवा शुरु गर्न माग गरेको भन्दै श्रेष्ठले भन्नुभयो, ‘अहिलेसम्म निजी संस्थालाई कुनै पनि पालिकाले एम्बुलेन्स दिएका छैनन् । यो ललितपुरको पहिलो रेकर्ड हो ।’

उक्त संस्थाले हालसम्म १८ हजारभन्दा बढी घाइते जनावरको उद्धार गरिसकेको छ । अझै एक सय ७० कुकर र १९ गाईका बाछालाई स्नेहा केयरमा राखेर उपचार गरिएको छ ।

महानगरले उक्त एम्बुलेन्स ४० लाखमा खरिद गरेको हो ।

टिप्पणीहरू