पत्रकारलाई नियन्त्रणमा लिइएको भन्दै महासंघको आपत्ति
समाचार संकलनका क्रममा पत्रकारलाई प्रहरीले नियन्त्रणमा लिएपछि नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ । कञ्चनपुरबाट प्रकाशित विकल्प दैनिकका कार्यकारी सम्पादक रनी विवशलाई प्रहरीले बिनाकारण पक्राउ गरेपछि महासंघले आपत्ति जनाएको हो ।
महेन्द्रनगर बजारको फ्रिलाइन सडकमा निर्माण सामग्री बोकेको ट्रकमा भएको आगलागीको समाचार संकलन गर्ने क्रममा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
‘नागरिकलाई सुसूचित गराउने कर्ममा जुटिरहेका पत्रकारलाई बिनाकारण पक्राउ गरिएको यो घटना प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हुनुका साथै निन्दनीय काम हो’ महासंघले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
टिप्पणीहरू