सरकारी नियुक्ति लिन खोज्नेको प्रमाणपत्र नक्कली
नक्कली प्रमाणपत्र पेश गरेर सरकारी नियुक्ति लिन खोज्नेलाई प्रहरीले आज पक्राउ गरेको छ । राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालकमा नियुक्तिका लागि पेश गरेको शैक्षिक प्रमाणपत्र कीर्ते भएको यथार्थ खुलेपछि प्रहरीले ललितपुर कुसुन्तीका माधवप्रसाद तिमल्सिनालाई पक्राउ गरेको हो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय मातहतको राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालकमा नियुक्तिका लागि तिमल्सिनाले पाटन क्याम्पसबाट स्नातक तह उतीर्ण गरेको शैक्षिक प्रमाणपत्र पेश गरेका थिए ।
तर उनले पेश गरेको प्रमाणपत्र कीर्ते गरेको देखिन आएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । ललितपुरको थसिखेलबाट पक्राउ परेका तिमल्सिनामाथि लिखत सम्बन्धी कसूरमा अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंबाट अनुमति लिइएको प्रहरीले जनाएको छ
टिप्पणीहरू