जगंली च्याउ खाएका पाँचको हालत अझै खराब, आईसीयुमा उपचार

जगंली च्याउ खाएका पाँचको हालत अझै खराब, आईसीयुमा उपचार

बुटवलमा हिजो बेलुकी जगंली च्याउ खाएपछि बेहोस अवस्थामा अस्पताल भर्ना भएकामध्ये पाँच जनाको अवस्था गम्भीर छ । उनीहरुलाई आईसीयूमा राखेर उपचार गरिएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी नेत्रबहादुर रानाका अनुसार अस्पताल भर्ना भएकामध्ये स्वास्थ्य अवस्था सामान्य रहेका चार जना घर फर्किएका छन् ।

च्याउ सेवनबाट २८ वर्षीया रिना बिक, २८ वर्षीया कमला बिक, ८ वर्षकी सुप्रिया बिक, ३८ वर्षीय विष्णु बिक र ३३ वर्षीया दुर्गा विकको अवस्था गम्भीर रहेको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।

हिजो जंगली च्याउ खाएर बुटवलमा १५ जना बेहोस भएका थिए । बुटवल उपमहानगरपालिका–१२, नयाँ गाउँका ६, वडा नम्बर ४ लक्ष्मीनगरका सात र वडा नम्बर १३ बेलबासका दुई जना बिरामी भएका हुन् ।

टिप्पणीहरू