बालविवाह रोक्न किशोरी परिचालन
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले बालविवाह रोक्न ‘किशोरी परिचालन’ अभियान सञ्चालन गरेको छ । सानै उमेरमा बालविवाह गर्ने क्रम बढेपछि पालिकाले यस्तो अभियान चलाएको हो ।
यसअघि भएका कार्यक्रमबाट कुनै उपलब्धि नभएपछि स्वयम किशोरीहरुकै नेतृत्वमा उक्त अभियान सञ्चालन गरिएको हलेसी तुवाचुङ नगरपालिका मेयर विमला राईले जानकारी दिइन् ।
‘यहाँ अहिले एकदम धेरै संख्यामा बालविवाह भइरहेको छ,‘उनले भनिन्,‘हामीले यसभन्दा अघि पनि यस्ता किसिमका बिहेहरु रोक्न विभिन्न कार्यक्रम गरेका थियौँ । तर,ती कार्यक्रमहरु यति प्रभावकारी नभएपछि स्वयम किशोरीहरुकै नेतृत्वमा हामीले यो अभियान सञ्चालन गरेका हौँ ।‘
लगभग एक हप्ता अगाडि विद्यालयबाट गठन भएको समूहले बालविवाह रोक्न विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै अभियान चलाइरहेको छ । पहिला परिवारकै सहमतिमा बालविवाह गर्ने प्रचलन थियो,अहिले भने बालिकाहरुले आफैँ भागेर विवाह गर्ने गरेका छन् ।
टिप्पणीहरू