जंगली च्याउ खाने सबैको अवस्था गम्भीर

जंगली च्याउ खाने सबैको अवस्था गम्भीर

दाङमा जंगली च्याउ खाएका छ जना सिकिस्त बिरामी भएका छन् । जंगलबाट टिपेर ल्याएको च्याउ खाँदा घोराही उपमहानगरपालिकाका छ जना स्थानीय बिरामी भएका हुन् ।

बिरामी पर्नेमा घोराही उपमहानगरपालिका ११, खैरा घर भएका ४२ वर्षीय भोला बिसी, उनकी छोरीहरू २० वर्षीया सोनु बिसी र १५ वर्षीया पविता बिसी हुन् । सोही उपमहानगरपालिका १२, का एकै परिवारका तीन जनाको अवस्था गम्भीर रहेको दाङका डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

गम्भीर अवस्थामा ४२ वर्षीय लालबहादुर बस्नेत, उनकी श्रीमती ४० वर्षीया शान्ता बस्नेत र छोरा १६ वर्षीया समिर बस्नेत हुन् । सबैको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।

टिप्पणीहरू