अनधिकृत प्याराग्लाईडिङ गरे कारवाही

अनधिकृत प्याराग्लाईडिङ गरे कारवाही

नेपाल नागरिक उड्डयन प्राधिकरणले अनधिकृत प्याराग्लाईडिङ उडान गर्ने कम्पनीलाई कारबाही गर्ने भएको छ ।

प्राधिकरणअन्तर्गत फ्लाईट सेफ्टी स्टाण्डर्डस् विभागले अनुमतिबिना प्याराग्लाईडिङ गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएको हो ।

सभा, सम्मेलन, महोत्सव र नयाँ व्यवसायिक कम्पनी खोल्ने प्रयोजनका लागि सम्भाव्यता अध्ययन गर्न भन्दै नियमविपरीत देशका विभिन्न ठाउँमा प्याराग्लाईडिङ्ग उडान भएका सूचना प्राप्त भएकोले त्यसो नगर्न विभागले आग्रह गरेको छ ।

अनुमति लिएरमात्र यस्ता उडान गर्नुपर्ने विभागको भनाइ छ । तोकिएको आधार क्षेत्रभन्दा बाहेक अन्यत्र अनुमति वेगर प्याराग्लाईडिङ्ग नगर्न उल्लेख गर्दै विभागले सूचना प्रकाशित गरेको हो ।

अनुमतिबिना प्याराग्लाईडिङ्ग गरेको पाइएमा कम्पनी सञ्चालन प्रमाणपत्र र प्याराग्लाईडिङ्ग पाइलटको लाइसेन्स खारेज गर्ने चेतावनी विभागले दिएको छ ।

टिप्पणीहरू