गुरु पूर्णिमाको अवसरमा सम्मान कार्यक्रम

गुरु पूर्णिमाको अवसरमा सम्मान कार्यक्रम

ज्यापु समाज यल(ललितपुर) ले गुरु पूर्णिमाको अवसरमा ४० गुरुहरुलाई सम्मान गर्ने भएको छ । ललितपुर महानगरपालिका वडा नम्बर ९ शंखमूलस्थित यल दरबार भेन्युमा सम्मान कार्यक्रम केहीबेर अघिबाट शरु भएको छ ।

आफ्नो मौलिक सांस्कृतिक पक्षलाई जीवन्त राखी त्यसलाई पुस्तान्तरण गर्ने कार्यमा अमूल्य लगाव तथा योगदान दिने विभिन्न गुरुलाई समाजले सम्मान गर्ने आयोजक पक्षले बताएको छ ।

समाजका अध्यक्ष तीर्थलाल महर्जनको सभापतित्वमा कार्यक्रम शुरु भएको हो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले प्रमुख आतिथ्यता जनाएका छन् ।

त्यसैगरी,नेकपा एकीकृत समाजवादी पार्टीका सांसद कृष्णलाल महर्जन,ललितपुरकी उपमेयर मन्जली शाक्यलगायत करिब ३०० जना कार्यक्रममा सहभागी छन् ।

टिप्पणीहरू