योग चिकित्सालय बाहिर पुरुषको शव

योग चिकित्सालय बाहिर पुरुषको शव

चितवनमा आज बिहान एक जना मृत फेला परेका छन् । भरतपुर महानगरपालिकास्थित प्राकृतिक योग चिकित्सालय बागेश्वरीको मेन गेटको छेउमा बन्दै गरेको पर्खाल बाहिर शव फेला परेको हो ।

घोप्टो अवस्थामा फेला परेका अन्दाजी ४० वर्षका व्यक्तिको अझै सनाखत हुन सकेको छैन । अस्थायी प्रहरी पोष्ट देवघाटबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको टोलीले घटनास्थल पुगेर मुचुल्का उठाएपछि पोष्टमार्टमको निम्ति शव भरतपुर अस्पताल लगिएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू