संकटग्रस्त मुलुक श्रीलंकाका प्रमुख प्रशिक्षकले दिए राजीनामा

संकटग्रस्त मुलुक श्रीलंकाका प्रमुख प्रशिक्षकले दिए राजीनामा

दोस्रो पटक राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक बनेका पुबुदु दासानायकेले आज राजीनामा दिएका छन् ।

उनले गत मंसिरदेखि दोस्रो पटक नेपाली क्रिकेट टिमको प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । तर, जिम्मेवारी सम्हालेयता नेपाली टिमले सन्तोषजनक प्रदर्शन भने गर्न सकेको छैन । हालै स्कटल्यान्ड भ्रमणमा गएको नेपालले त्यहाँ खराब प्रदर्शन गरेको थियो ।

नेपालले नामिबियाविरुद्ध दुवै खेलमा हार व्यहोरेको थियो भने स्कटल्यान्डविरुद्ध एक हार र एक जितको नतिजा निकालेको थियो । अपेक्षित प्रदर्शन गर्न नसकेको नेपालको नतिजाले आगामी यात्रा झन् कठिन हुने देखिन्छ ।

टिप्पणीहरू