गरिवले मायाँ पाउने राजधानीको विद्यालयलाई पाकिस्तानी सहयोग

गरिवले मायाँ पाउने राजधानीको विद्यालयलाई पाकिस्तानी सहयोग

पाकिस्तान सरकारले राजधानीको कागेश्वरी मनोहरा नगरपालिका-८ स्थित श्रमशील विद्यापिठ स्कूलमा कम्प्युटर ल्याब स्थापना गरेको छ । राजदूत सैयद हैदर साह र वडाध्यक्ष हरिभक्त पुडासैनीले आज संयुक्त रुपमा उक्त ल्याबको उद्घाटन गर्नुभएको हो ।

स्वतन्त्रताको ७५ औं वार्षिकोत्सवको अवसरमा विद्यालयको कम्प्युटर ल्याब कक्षको पुनर्निमाण तथा स्तरोन्नतिमा पाकिस्तान सरकारले सहयोग गरेको बताइएको छ । सो अवसरमा बोल्दै राजदूतले नेपालको सामाजिक तथा आर्थिक विकासमा सहयोग पुर्याउन आफ्नो सरकार सँधै तयार रहेको उल्लेख गर्नुभयो ।उहाँले भन्नुभयो,‘सम्भव भएसम्म नेपालको शैक्षिक,स्वास्थ्य, सांस्कृतिकलगायत क्षेत्रमा सहयोग गर्न पाकिस्तान तयार छ । कम्प्युटर ल्याबको स्थापनापछि दुई मुलुकबीचको मित्रता डिजिटल माध्यममा पनि देखिएको छ । नेपाली विद्यार्थीलाई गुणस्तरीय शिक्षाको निम्ति उच्चस्तरीय शैक्षिक सुविधा उपलब्ध गराउन प्रतिबद्ध छौं ।’

त्यसैगरी वडाध्यक्ष पुडासैनीले पाकिस्तान सरकारले नेपालको शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्नुभएको छ ।

विद्यालयका अध्यक्ष कमलप्रसाद दाहालले पनि पाकिस्तान सरकार र दूतावासलाई धन्यवाद दिँदै नयाँ कम्प्युटर ल्याबबाट विद्यालयका विद्यार्थीहरु लाभान्वित हुने बताउनुभयो ।

टिप्पणीहरू