यताबाट राजीनामा दिएलगत्तै क्यानडामा नियुक्त

यताबाट राजीनामा दिएलगत्तै क्यानडामा नियुक्त

राजीनामा दिएको केही घण्टा बित्न नपाउँदै नेपाली राष्ट्रिय क्रिकेट टोलीका निवर्तमान प्रशिक्षक पुबुदु दासानायके क्यानाडाको राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक बनेका छन् ।

नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकबाट बिदा भएको केही घण्टामै उनी क्यानाडाको प्रशिक्षक नियुक्त भएका हुन् । क्रिकेट क्यानाडाले सामाजिक सञ्जालमार्फत दासानायकेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको जानकारी गराएको छ ।

आज दिउँसो उनले आकस्मिक रुपमा पत्रकार सम्मेलन गरेर नेपालबाट राजीनामा दिएका थिए । गत मंसिर २५ गते उनले दोस्रो कार्यकालका लागि नेपालको प्रमुख प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए ।

उनले जिम्मेवारी सम्हालेयता नेपाली टिमले सन्तोषजनक प्रर्दशन भने गर्न सकिरहेको थिएन । पछिल्लो समय दबाबमा रहेका उनले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका हुन् ।

टिप्पणीहरू