इन्जिनियरिङ अध्ययन गर्न चाहनेलाई पाकिस्तानको ढोका खुल्ला
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छात्रवृत्तिमा बिएस्सी इन्जिनियरिङ गर्न पाकिस्तान अध्ययन गर्न चाहने इच्ध्छुक विद्यार्थीसँग आवेदन मागेको छ ।
पाकिस्तान सरकारबाट (पाकिस्तान टेक्निकल एसिस्टेन्स प्रोग्राम) अन्तर्गत बिएस्सी इन्जिनियरिङमा छ सिट प्राप्त हुन आएकाले मन्त्रालयअन्तर्गत छात्रवृत्ति शाखाले आवेदन मागेको हो ।
शाखाले सूचना जारी गर्दै छात्रवृत्तिसम्बन्धी नियमावली २०६० (संशोधनसहित) साधारण तथा आरक्षणतर्फ सिट कायम भएको जानकारी गराएको छ । इच्छुक उम्मेदवारले आगामी साउन १० गतेभित्र आवेदन दिनसक्ने शाखाले जनाएको छ ।
बीएस्सी इन्जिनियरिङमा पाकिस्तान सरकारबाट प्रदान भएको छ सिटमध्ये साधारणतर्फ तीन, मधेसीका लागि एक, महिलाका लागि एक र जनजातिका लागि एक सिट संख्या तोकिएको छ ।
पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट २०७८ सालमा लिइएको प्रवेश परीक्षाको योग्यताक्रम सूचीमा सूचीकृत भएका विद्यार्थीले आवेदन दिनसक्ने सूचनामा उल्लेख छ ।
टिप्पणीहरू