दावा याङ्जुम पुगिन् पाकिस्तानको ‘ब्रोडपिक’ शिखरमा
पर्वतारोही तथा अन्तर्राष्ट्रिय माउन्टेन गाइड दावा याङ्जुम शेर्पाले सफलतापूर्वक ब्रोडपिक हिमालको सफल आरोहण गरेकी छन् । उनले पाकिस्तानमा रहेको ८ हजार ५१ मिटर अग्लो हिमालको सफल आरोहण गरेकी हुन् ।
उनी ब्रोडपिक हिमालको सफल आरोहण गर्ने पहिलो नेपाली महिला बनेकी छन् । शेर्पा अन्तर्राष्ट्रिय माउन्टेन गाइड लाइसेन्स प्राप्त गरेकी एसियाकै पहिलो महिला हुन् । विश्वको १२औं अग्लो ब्रोडपिकको शेर्पाले नेपाली समयअनुसार आज बिहान ८ बजे सफल आरोहण गरेकी हुन् ।
दावाले यसअघि सगरमाथा, ल्होत्से, अन्नपूर्ण, मकालु, मनास्लु, केटु, धौलागिरीलगायत हिमाल आरोहण गरिसकेकी छन् ।
टिप्पणीहरू