चोरिएका मोटरसाइकल सम्बन्धित धनीलाई फिर्ता
ट्राफिक प्रहरीले हराएका २० वटा मोटरसाइकल सम्बन्धित सवारीधनीलाई हस्तान्तरण गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका मोटरसाइकल र स्कुटर सम्बन्धित व्यक्तिलाई दिएको हो ।
आज ट्राफिक कार्यालयमा विभिन्न कम्पनीका १६ वटा मोटरसाइकल र चार वटा स्कुटर सम्बन्धित धनीलाई बुझाइएको प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।
सवारी चालकलाई थप जिम्मेवार बन्न, सुरक्षित स्थानमा मात्र पार्किङ गर्न, अतिरिक्त लक तथा सुरक्षाका उपायहरुको प्रयोग गर्न उनले आग्रह गरेका छन् ।
टिप्पणीहरू