उल्टो हिंडेर सबलाई झटारो
बिभिन्न व्यवस्था आए पनि देश उल्टो गतिमा चलिरहेकाले सत्ता चलाउनेलाई व्यङ्ग्यस्वरुप आफूले उल्टो पदयात्रा थालेको बताउने सुनसरीका युवा ओमप्रकाश बानियाँ १६ औं दिन पाँचथरको सदरमुकाम फिदिम आइपुगेका छन् ।
आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने भन्दै विराटनगरबाट ताप्लेजुङको धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरसम्म उल्टो पदयात्रा शुरु गरेका बानियाँ बल्लतल्ल फिदिम आइपुगेका हुन् । करिब २ सय ५० किलोमिटरको दूरी पार गर्दै बानियाँ आजै फिदिम पुगेका हुन् ।
विराटनगरबाट ६ जिल्ला उल्टो पदयात्राबाट पार गर्ने उनले बताए । तराईका जिल्लाहरूमा दैनिक लगभग १५ किलोमिटर हिँडेको र पहाडी जिल्लाहरूमा अवस्था र मौसमअनुसार यात्रा तय हुने बताए । बानियाँले असार ३२ गतेबाट यात्रा थालेका हुन् ।
टिप्पणीहरू