आन्दोलन गर्ने पालो पेट्रोलियम ढुवानी व्यवसायीको, ठप्प पार्ने चेतावनी

आन्दोलन गर्ने पालो पेट्रोलियम ढुवानी व्यवसायीको, ठप्प पार्ने चेतावनी

पेट्रोलियम पदार्थको ढुवानी गर्दै आएका व्यवसायीले देशभर आन्दोलन गर्ने भएका छन् । ढुवानी भाडा समायोजन नगरिएको भन्दै नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले भोलिदेखि देशभर आन्दोलनको घोषणा गरेको हो ।

महासंघद्वारा जारी विज्ञप्तिमा ढुवानी भडा वृद्धि नभएपछि बाध्य भएर आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको उल्लेख छ । व्यवसायीले भोलिदेखि सबैभन्दा पहिले हवाई इन्धनको ढुवानी रोक्का गर्ने चेतावनी दिएका छन् । आगामी शुक्रबारदेखि देशभरका ट्याङ्करहरूले सबै काम रोक्ने महासंघले जनाएको छ ।हालको ढुवानी भाडाबाट ट्याङ्कर सञ्चालन गर्न नसकिने उल्लेख गर्दै महासंघले आयल निगमले सञ्चालन गर्न चाहेमा आफूले रित्तो ट्याङ्कर उपलब्ध गराउने चेतावनीमिश्रित व्यङ्ग्य गरेको छ ।

टिप्पणीहरू