बाढीपहिरोबाट सुरक्षित रहन भरतपुरको आग्रह

बाढीपहिरोबाट सुरक्षित रहन भरतपुरको आग्रह

भरतपुर महानगरपालिकाले बाढीपहिरोबाट सुरक्षित रहन महानगरबासीमा आग्रह गरेको छ । विगत केही दिनदेखिको अविरल वर्षाका कारण नारायणी नदी, राप्ती र अन्य खोलाको सतह बढेपछि महानगरले सतर्क रहन आग्रह गरेको हो ।

वर्षाको क्रम बढ्दै गएकाले नदी, खोला आसपासका क्षेत्रमा जनधनको क्षति हुन सक्ने र अधिकांश वडाहरु डुबानमा पर्न सक्ने महानगरले जनाएको छ ।

वडा नम्बर २९ मा पहिरोको नोक्सानको जोखिम धेरै रहेको बताइएको छ । समयमै विपद्को पूर्व तयारीमा रहन महानगरले सुझाएको छ ।

सम्भावित विपद्को समस्याबाट जोगिन आपसी सहयोग, समन्वय र सहकार्य गर्न सबै वडा कार्यालय, टोल विकास संस्था, स्थानीय युवा सञ्जाल र महानगरबासीलाई आग्रह गरिएको छ ।

त्यस्तै, नारायणी नदीको देवघाट जलमापन केन्द्रबाट जल सतह बढ्दै गरेकाले नदीको तटीय क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन भनिएको छ ।

विपद् आइपरेमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीको ९८५५०५८०६६, आपतकालीन सम्पर्क व्यक्तिको ९८४४०२१०८१ र नगर प्रहरी इञ्चार्जको ९८४९७०२२८४ मोबाइल नम्बरमा सम्पर्क अनुरोध गरिएको छ ।

टिप्पणीहरू