महात्मा गान्धी र बीपीसँग निकट प्रजातन्त्र सेनानी गोपालदासको निधन

महात्मा गान्धी र बीपीसँग निकट प्रजातन्त्र सेनानी गोपालदासको निधन

प्रजातन्त्र सेनानी गोपालदास बादेको निधन भएको छ । बनेपास्थित आफ्नै निवासमा आज बिहान ३ बजे ९७ वर्षको उमेरमा उनको मृत्यु भएको हो ।

बादेको निधनमा नेपाली काँग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंहले श्रध्दाञ्जली व्यक्त गरेका छन् । भारतीय नेता महात्मा गान्धीसहित नेपाली काँग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराईलगायत नेताको सामीप्यमा बसेका बादेका २ छोरा र २ छोरी छन् ।

काँग्रेसले व्यवस्था परिवर्तनका लागि गरेका ठूला-ठूला सङ्घर्ष र आन्दोलनको क्रममा प्रजातन्त्र सेनानी बादेको निवास कोइराला र भट्टराईको आश्रय स्थलसमेत रहेको थियो ।

टिप्पणीहरू