बिनासूचना गायब डाक्टरको जागिर चैट्

बिनासूचना गायब डाक्टरको जागिर चैट्

बिदा स्वीकृत नगराई चार वर्षदेखि बेपत्ता भनिएका चिकित्सकलाई सेवाबाट हटाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोशी अस्पताल, विराटनगरका तत्कालीन कन्सल्टेण्ट रेडियोलोजिष्ट (अधिकृत नवौं) ओमबिजु पन्तलाई बर्खास्त गरेको हो ।

कुनै खबर नगरी २०७५ वैशाख २ गतेदेखि उनी सम्पर्कविहीन रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले लोकसेवा आयोगसँग परामर्श गरी उनलाई हटाएको हो ।

लामो समय अस्पतालमा उपस्थित नभएपछि मन्त्रालयले यसअघि डा पन्तसँग लिखित स्पष्टीकरणसमेत मागेको थियो । तर, स्पष्टीकरण चित्तबुझ्दो नआएपछि मन्त्रालयले उनलाई भविष्यमा स्वास्थ्य सेवाका लागि अयोग्य नठहरिने गरी हटाएको हो ।

टिप्पणीहरू