क्रिकेट टोलीका भारतीय प्रशिक्षक भोलि आउने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकर भोलि नेपाल आउने भएका छन् । नेपाल क्रिकेट संघका म्यानेजर विनोद दासले प्रभाकर राष्ट्रिय टोली सम्हाल्न नेपाल आउन लागेको जानकारी दिएका हुन् ।

दोस्रो पटक राष्ट्रिय टोलीको प्रशिक्षक नियुक्त पुबुदु दसानायकेले एकाएक राजीनामा दिएपछि उनलाई प्रशिक्षकमा नियुक्त गरिएको थियो । क्यानले प्रभाकरलाई गत सोमबार मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

उनले यसअघि भारतका लागि ३९ टेष्ट र १ सय ३० एक दिवसीय खेल खेलिसकेका छन् । प्रभाकर भारतीय राष्ट्रिय टोलीमा पूर्व अलराउण्डर समेत हुन् ।

अब नेपाली क्रिकेट टोलीले प्रभाकरको प्रशिक्षणमा केन्याविरुद्ध पाँच खेलको टी–२० सिरिज र तीन खेलको एक दिवसीय अभ्यास खेल खेल्नेछ । उक्त खेलको लागि सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय राष्ट्रिय टोली घोषणा भइसकेको छ । खेल अगष्ट २५ देखि सेप्टेम्बर ५ सम्म हुनेछ ।

टिप्पणीहरू