पाकिस्तानी दूतावासमा पुरानो झिकेर नयाँ झण्डा फहराइयाे
काठमाडौंस्थित पाकिस्तानी राजदूतावासमा आज बिहान राष्ट्रिय झण्डा फहराइएको छ । ७५ औं स्वतन्त्रता दिवसको अवसरमा झण्डोत्तोलन कार्यक्रमको आयोजना गरिएको दूतावासले जनाएको छ ।
नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदर साहले झण्डा फहराएको कार्यक्रममा दूतावासका अधिकारीहरु र काठमाडौंस्थित पाकिस्तानी समुदायको उपस्थिति थियो । समारोहमा पाकिस्तानका राष्ट्रपति र प्रधानमन्त्रीले आज दिनुभएको शुभकामना सन्देश पढेर सुनाइएको बताइन्छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत साहले मोहम्मद अली जिन्नाहको नेतृत्वमा पाकिस्तान आन्दोलनको इतिहास सम्झनुभएको दूतावासले प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ । मुलुकको स्वतन्त्रतापछि उत्पन्न केही सीमा विवादको एक मात्र समाधान संयुक्त राष्ट्र संघको विशेष प्रस्ताव भएको उहाँको भनाइ छ ।
विज्ञप्तिमा भनिएको छ, ‘स्थायी शान्तिका लागि उक्त प्रस्तावको कार्यान्वयन अपरिहार्य रहेको र यसले सो क्षेत्रको स्थिरता र समृध्दिमा सघाउ पुर्याउने छ ।’.
टिप्पणीहरू