झगडा गरेर हिँडेको बाघले तीन वटा गोही खायो
चितवनमा बाघले तीन वटा घडियाल गोही खाएको छ । चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रका तीन घडियाल गोही आज बाघले खाएको हो ।
दुई बाघ जुधेपछि घाइते भएको बाघले प्रजनन केन्द्रमा रहेका गोही खाएको निकुञ्जले बताएको छ । निकुञ्जका अनुसार बाघले गोही खाएको चितवनमा पहिलो घटना हो ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले घाइते बाघले शिकार गर्न नसकेपछि गोहीमाथि आक्रमण गरेको बताए । मानिसहरु छिर्ने गरेको होचो पर्खाल नाघेर बाघ प्रजनन केन्द्र छिरेको हो । सोही अवस्थामा १२ वर्षको माउ गोहीलाई बाघले पहिलो आक्रमण गरेको थियो ।
टिप्पणीहरू