सबैले चिरफार गर्दैनन् भन्दै पशु डाक्टरहरु सिठी फुकेर सडकमा

सबैले चिरफार गर्दैनन् भन्दै पशु डाक्टरहरु सिठी फुकेर सडकमा

नेपाल भेटेरिनरी एशोसिएसनले हालै प्रतिनिधिसभाबाट पारित पशु सेवा परिषद विधेयक सच्याउन माग गरेको छ । विधेयकका कतिपय प्रावधान त्रुटिपूर्ण रहेकाले सच्याउन माग गर्दै आएको एशोसिएसनले आज सिठी जुलुससहित धर्ना दिएको हो ।

अपराह्न २ बजे त्रिपुरेश्वरस्थित नेपाल पशु चिकित्सक परिषदको कार्यालयबाट निस्किएको सिठी जुलुस बानेश्वर पुगेर धर्नामा परिणत भएको थियो । एशोसिएसमाका कार्यवाहक अध्यक्ष प्रा.डा कृष्ण काफ्लेले नेतृत्व गरेको र्यालीमा महासचिव आसेस भट्टराई,सचिव रामचन्द्र सापकोटालगायत हिकास्ट कलेजका विद्यार्थीहरु पनि सहभागी थिए ।

सो क्रममा प्रदर्शनकारीहरुले ‘योग्यताअनुसार जिम्मेवारी देऊ’, ‘पुग्ने भए अब घर घरमा योग्यता बिनाका डाक्टर”, ‘सबैले गर्दैन चिरफार,होइनौँ हामी बराबर’ लेखिएका प्लेकार्डहरु देखाएर उनीहरुले विरोध गरेका हुन् ।

हालै प्रतिनिधिसभाबाट पारित पशु स्वास्थ्य तथा पशु सेवा परिषद विधेयक २०७६ मा गम्भीर त्रुटी भएको भन्दै त्यसलाई सच्याउन मागसहित पशु चिकित्सकहरु सरकारविरुद्ध सडकमा उत्रिएका हुन् ।

टिप्पणीहरू