दुई डाक्टरका कृति एकै थलोबाट विमोचित
दुई चर्चित व्यक्तित्व डा. युवराज संग्रौला र डा. गोविन्द प्रसाद कुसुमका पुस्तक एकै मञ्चबाट बिमोचन भएको छ । आज नयाँ बानेश्वरस्थित अल्फा बिटा हाउसमा पूर्व महान्यायाधिवक्ता प्रा.डा.संग्रौला र पूर्व गृहसचिव डा. कुसुमद्वारा लिखित पुस्तक एकैसाथ विमोचन गरिएको हो ।
लेक्स एण्ड जुरिश पब्लिकेसनको प्रकाशनमा वरिष्ठ अधिवक्ता संग्रौलाको कृति ‘एकादेशका बाँदर‘ र लोकसेवा आयोगका पूर्वसदस्य डा.गोविन्द प्रसाद कुसुमको उपन्यास ‘पर्खालू पुस्तक‘ सार्वजनिक भएको हो ।
पब्लिकेसनका अध्यक्ष प्रकाश बहादुर केसीको अध्यक्षतामा आयोजित पुस्तक विमोचन कार्यक्रममा लेखकद्वय संग्रौला, पूर्व गृहसचिव कुसुम, साहित्यकार बिन्दु अधिकारी र कानुनका विद्यार्थी निशा खत्रीलगायत सहभागी थिए ।
टिप्पणीहरू