दशैंको अवसरमा सनसिल्कको ‘सनसिल्क दशैं भाइब्स’ प्रतियोगिता
नेपालीहरुको महान् चाड विजया दशमीको अवसर पारेर सनसिल्कले डिजिटल प्रतियोगिता ‘सनसिल्क दशैं भाइब्स’ सञ्चालन गर्ने भएको छ । अघिल्लो वर्षझैं यसपटक पनि सनसिल्कले उक्त प्रतियोगिताको आयोजना गर्न लागेको हो ।
सनसिल्कले प्रतियोगिता सहभागि भएर आफ्नो कपाल प्रर्दशन गरी क्षितिजलाई फैलाउने अवसर दिदैं आएका छ । यस अघि सनसिल्कले ‘ग्याङ्ग अफ गल्र्स’ को एक हिस्सा बनेर ब्राण्डसंग आबद्ध हुने मौका दिएको थियो ।
आशिना देउला, प्रतिमा कार्की र लालना चिमरियाले अन्तिम चरणको फिनालेमा जित हासिल पार्दै सनसिल्कका ब्राण्ड एम्बेसडर प्रिन्सी र प्रिज्माका साथ ब्राण्डको प्रतिनिधित्व गर्न जोडिएका थिए । प्रतियोगिताका विजेताहरुले यस वर्षको “सीमित विशेष दशैं प्याक” मा प्रस्तुत हुने मौका पाउने सनसिल्कले जनाएको छ । यो प्याक नेपालमा पहिलो पटक प्रस्तुत गरिदैंछ भने यसमा हेयर फलसोलुसन, ब्ल्याक साइन र पर्फेक्टस्ट्रेट समावेश गरिएको छ ।
नेपालको लाखौं घरमा नयाँ प्याकले स्थान पाउने अपेक्षा राखिएको छ । यता, युनिलिभरका प्रबन्ध निर्देशक आमलन मुखर्जीले सनसिल्क लाखौं उपभोक्ताद्धारा रुचाइएको र सर्वाधिक बिक्री हुने ब्राण्ड भएको बताए ।
दशैंमा आयोजित प्रतियोगिताका विजेतालाई आफ्नो नयाँ ब्राण्डमा प्रस्तुत गर्न पाँउदा अत्यन्तै हर्षित भएको उनको भनाइ छ । प्रतियोगिता आफैंमा एक अभूतपूर्व सफल अभियान भएको उनको जिकिर छ ।
सनसिल्कको दशैं भाइब्सले फेसबुक, इन्स्टाग्राम र टिकटकबाट ६ करोड भन्दा बढी भ्यूज प्राप्त गरेको थियो । प्रतियोगितामा दुई हजार ८५४ जनाले सहभागिता जनाएका थिए । साथै, यस वर्ष प्रतियोगिताले पूराना संख्यालाई उछिन्दै नयाँ रेकर्ड कायम राख्ने विश्वास लिइएको छ ।
सनसिल्क संसारको सबैभन्दा ठूलो हेयरकेयर ब्राण्डमध्ये एक हो । उपभोक्तामाझ सनसिल्कको ब्राण्ड एकदमै लोकप्रिय छ ।
टिप्पणीहरू