आज ६३४ संक्रमित थपिए, ४१७ जना निको
पछिल्लो २४ घण्टामा मुलुकभर ६३४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ९४९ जनाको परीक्षणमा ६३४ जनामा संक्रमण पुष्टि भएको हो ।
दुइ हजार ७५७ जनाको पीसीआर परीक्षण गर्दा ३४३ र दुइ हजार १९२ जनाको एन्टिजेन परीक्षण गर्दा २९१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
आज थपिएसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या चार हजार २२१ पुगेको छ । पछिल्लो २४ घण्टामा ४१७ जना कोरोना संक्रमित निको भएका छन् भने आज कोरोनाबाट एक जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९९४ जना पुगेको छ ।
आज काठमाडौंमा १९९, भक्तपुरमा १३ र ललितपुरमा ३९ जना संक्रमित थपिएका छन् ।
टिप्पणीहरू