बाँझो जमिन खान्नेले पुरस्कार पाउने
बाग्लुङको तारा खोला गाउँपालिकाले बाँझो खेतमा खेती गर्ने किसानलाई प्रतिरोपनी २ हजारका दरले रकम दिने भएको छ । बाँझो जमिन खेतीपाती गर्न कृषकलाई प्रोत्साहनस्वरुप पालिकाले रकम दिने निर्णय गरेको हो ।
ताराखोला गाउँपालिकाका कृषि शाखा प्रमुख कृष्णखर भट्टराईका अनुसार खेतीयोग्य जमिन बाँझिदै गएको र उत्पादन घट्दै गएपछि पालिकाले कृषकलाई प्रोत्साहन गर्नका लागि यस्तो कार्यक्रम अघि ल्याएको हो ।
पालिकाले मिनिटेलर, धान गहुँ, कोदो चुटुनो थे्रेसर मेसिन पनि किसानलाई वितरण गर्दैछ ।
टिप्पणीहरू