चितवनमा प्रचण्डको चुनावकेन्द्रित कार्यक्रम शुरु
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुई मन्त्रीसहित गृह जिल्ला चितवन पुग्नु भएको छ। आज बिहान बुद्ध एयरको जहाजबाट प्रचण्डसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईस्तियाक राइन र वन तथा वातावरण मन्त्री प्रदिप यादवसहित १३ सदस्यीय टोली भरतपुर ओर्लिएको हो ।
प्रचण्ड आफ्नो गृह जिल्ला पुग्नासाथ विभिन्न कार्यक्रममा सहभागी बन्नुभएको छ । उहाँ माडी नगरपालिकाको हुलाकी सडकअन्तर्गत पर्ने माडी- ठोरी सडक खण्ड स्तरोन्नतिको शिलान्यास कार्यक्रममा सहभागी हुनु भएको हो ।
चितवन पुगेर प्रचण्डले सरकारले ल्याएको नागरिकता विधेयकको विरोध गर्नु अनैतिक र बेइमानी भएको बताउनु भएको थियो । उक्त विधेयकको बारेमा एमालेले जनतालाई भ्रम छर्ने काम गरेको आरोप समेत उहाँको छ ।


टिप्पणीहरू