पशु डाक्टरलाई झन ठूलो पीडा
प्रतिनिधिसभाबाट हालै पारित पशुसेवा विधेयकविरुद्ध केही दिनयता लगातार आन्दोलन गरिरहेका चिकित्सकहरु आज पनि सडकमा ओर्लिएका छन् । विधेयक सच्याउन माग गर्दै उनीहरुले बानेश्वरदेखि माईतिघर मण्डलासम्म विरोध र्याली निकालेका हुन् ।
र्यालीको नेतृत्व नेपाल एनिमल साईन्स एशोसियसनका अध्यक्ष श्रीराम न्यौपाने,नेपाल पारा भेटेनरी एण्ड लाईभस्टक एसोशियसनका अध्यक्ष रामप्रसाद मेहता र नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघका अध्यक्ष जनकबहादुर रावलले गरेका छन् ।सो क्रममा उनीहरुले ‘राष्ट्रियसभामा रहेको विधेयक पारित गर‘, ‘पेशामाथिको थिचोमिचो बन्द गर‘, ‘भेटेनरी पेशा तिम्रो पेवा होइन”, ‘किसान र प्राविधिकलाई न्याय देऊ‘ जस्ता नारा लगाउँदै चर्को विरोध गरेका थिए ।
टिप्पणीहरू