पार्टी पुनर्गठन दिवस मनाउन समाजवादीका नेताहरु थापागाउँमा भेला

पार्टी पुनर्गठन दिवस मनाउन समाजवादीका नेताहरु थापागाउँमा भेला

नेकपा एकीकृत समाजवादीले पार्टी पुनर्गठनको एक वर्ष पूरा भएको अवसरमा आज ‘पार्टी पुनर्गठन दिवस’ मनाएको छ । एक वर्षअघि एमालेबाट बिद्रोह गरि गठन भएको समाजवादीले निर्वाचन आयोगबाट प्रमाणपत्र पाएको दिन आज थापागाउँस्थित अर्पण ब्यांकेटमा विशेष कार्यक्रम गरि पुनर्गठन दिवस मनाएको हो ।

कार्यक्रममा अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री तथा सम्मानित नेता झलनाथ खनाल, महासचिव डा. बेदुराम भुसाल, प्रवक्ता जगन्नाथ खतिवडा, उपमहासचिवद्वय डा. गंगालाल तुलाधर र प्रकाश ज्वाला, नेता विरोध खतिवडा, स्थायी कमिटी सदस्य सोम प्रसाद पाण्डेलगायत तीन सयभन्दा बढी नेता-कार्यकर्ताको उपस्थिति रहेको थियो ।

गत वर्ष एमालेबाट विभाजन भई नेपालको नेतृत्वमा भदौ २ गते निर्वाचन आयोगमा दल दर्ताको लागि निवेदन दिएकोमा ९ गते समाजवादीले प्रमाणपत्र पाएको थियो ।

टिप्पणीहरू