हर्क साम्पाङ्ग र प्रचण्डको सर्दु खोलामा हातेमालो
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ धरान पुग्नुभएको छ । उहाँ १ नम्बर प्रदेशको पार्टी कमिटी बैठकमा सहभागी हुने क्रममा धरान पुग्नुभएको हो।
प्रदेश-१ का केन्द्रीय सदस्य तथा पदाधिकारीको संयुक्त बैठक विराटनगरमा आयोजना गरिएको छ । उक्त बैठकलाई सम्बोधन गर्न अध्यक्ष प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि सँगै जानु भएको छ । निर्वाचन घोषणा भएसँगै प्रचण्ड अस्ति गृह जिल्ला चितवन पुग्नुभएको थियो भने आज पूर्वतिर लाग्नुभएको हो ।
यसैवीच प्रचण्ड वृक्षरोपण कार्यक्रममा पनि सहभागी हुनुभएको छ। धरान उपमहानगर पालिकामा मेयर हर्क साम्पाङको विशेष निमन्त्रणामा प्रचण्ड सर्दु खोलाको जलाधार क्षेत्रमा साम्पाङसँगै वृक्ष रोपणमा सहभागी हुनुभएको हो ।
दुई साताअघि काठमाडौँ आएका बेला मेयर साम्पाङले शीर्ष नेताहरूदेखि मन्त्रीहरूलाई श्रमदानको लागि निम्तो दिएका थिए । उनले प्रचण्ड निवास खुमलटार पुगेरै प्रचण्डलाई श्रमदानको लागि विशेष निम्तो दिएका हुन् ।
टिप्पणीहरू