एमाले बैठकमा एमालेलाई गल्ती स्वीकार्न एमाले नेताको अनुरोध
जारी स्थायी कमिटी,पोलिट ब्यूरो र केन्द्रीय कमिटी बैठकवीच नेकपा एमालेका नेता घनश्याम भुसालले वाममोर्चा बनाएर चुनावमा जानुपर्ने प्रस्ताव अघि सार्नुभएको छ ।
आगामी मंसिर ४ गते एकै चरणमा हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यीय निर्वाचनमा वाममोर्चा बनाएर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभएको हो ।
हिजो बसेको पोलिटब्यूरो बैठकमा उहाँले एमाले नेतृत्वमा वामपन्थीहरुको साझा मोर्चा बनाउने प्रयासमा निरन्तरता हुनुपर्ने बताउनुभएको थियो । फराकिलो चित्त बनाएर वाम एकताका लागि हात बढाएमा प्रतिनिधि सभाको निर्वाचनमा एमालेले सबैभन्दा बढी सिट हासिल पार्ने नेता भुसालको दाबी छ ।
चुनावमा वाममोर्चा बनाएर गएमा संघीय संसदको प्रत्यक्ष तर्फको १ सय ६५ मध्ये १ सय ५० मा जित निकाल्न सक्ने सम्भावना अझै जीवित रहेको उहाँको ठोकुवा छ ।
साथै,अस्तिको स्थायी कमिटी बैठकमा उहाँले एमालेले विगतमा गरेका गल्तीका लागि जनतामाझ माफी माग्नुपर्ने बताउनुभएको थियो । गल्ती स्वीकार गरेर अघि बढेमा जनताले एमालेलाई फेरि पनि समर्थन गर्न सक्ने उहाँको ठम्याई छ ।
टिप्पणीहरू