नागरिकता विधेयकविरुद्ध पूर्वपञ्चहरु सडकमा

नागरिकता विधेयकविरुद्ध पूर्वपञ्चहरु सडकमा

नागरिकता विधेयक खारेजीको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौँमा विरोध प्रदर्शन गरेको छ । राप्रपाका कार्यकर्ताहरुले आज माइतीघरदेखि बानेश्वरसम्म नागरिकता विधेयकविरुद्ध चर्को नारावाजीसहित प्रदर्शन गरेका हुन् ।

सो क्रममा प्रदर्शनकारीहरुले पेट्रोलियम पदार्थको मूल्य समायोजन, बढ्दो महँगी नियन्त्रण र भ्रष्टाचारीलाई कारबाहीको माग पनि राखेका छन् । गत साउन २३ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण नगरी संसदमा फिर्ता पठाइएको नागरिकता विधेयक भदौ २ गते फेरी प्रतिनिधिसभाले जस्ताको त्यस्तै पारित गरेर राष्ट्रियसभामा पठाएको छ ।

राप्रपासँगै जनमोर्चा, नेमकिपालगायतका संसदमा रहेका र केही संसदबाहिरका दलहरुले पनि विधयकको विरोध गरिरहेका छन् ।

टिप्पणीहरू