प्रदीप गिरी र कम्युनिष्ट

प्रदीप गिरी र कम्युनिष्ट

कांग्रेसका त्यागी, सरल एवं सीधा नेता प्रदीप गिरीको निधनले सबैजना दुःखी छन् । यतिबेला सबै शोक मनाइरहेका छन् । शोक मनाइरहेका केही लेखकले प्रदीप गिरीलाई ‘कमरेड गिरी’ पनि भनेको पाइयो ।

उनीहरूको भनाइ के हो त भन्दा प्रदीप गिरीले धेरै नै माक्र्सवादी ग्रन्थहरू अध्ययन गर्नुभएको छ । त्यसैले उहाँलाई कमरेड भन्दा फरक पर्दैन । उहाँ त हिसाबले कम्युनिष्टै बन्नुपर्ने नेता हुनुहुन्थ्यो । के कारणले हो, बन्न पाउनुभएन ।

अब यो देशमा प्रदीप गिरीजस्तो मान्छे कम्युनिष्ट भएर के हुन्छ ? जुन देशमा स्वयं कम्युनिष्टै त कम्युनिष्ट हुन सकिरहेको छैन, त्यहाँ एउटा कांग्रेसी कसरी कम्युनिष्ट हुन सक्छ ? अहिलेका कम्युनिष्ट पार्टीका नेताहरूलाई हेर्नोस्, कोही कम्युनिष्ट छैन । हुन त जम्मै कम्युनिष्ट हुन्, तर कोही पनि कम्युनिष्ट होइनन् ।

नेपाल भनेको सम्भवतः संसारकै एउटा त्यस्तो देश हुनुपर्छ जहाँ जो कम्युनिष्ट होइन उही सबैभन्दा बढी कम्युनिष्ट हो । कम्युनिष्ट समेत कम्युनिष्ट नबन्ने देश हो नेपाल ।

यस्तो देशमा कुनै कांग्रेस किन कम्युनिष्ट बन्छ ? यो त बन्नै नसक्ने कुरो हो । कुनै कांग्रेसीलाई कम्युनिष्ट बनाउन सबैभन्दा पहिले कम्युनिष्टले त कम्युनिष्ट बनेर देखाउनुप¥यो नि ! होइन र ?

टिप्पणीहरू