उपकुलपति नबोलेको भन्दै ढुंगाको मूर्ति बनाएर प्रदर्शन

उपकुलपति नबोलेको भन्दै ढुंगाको मूर्ति बनाएर प्रदर्शन

नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले कीर्तिपुरस्थित उपकुलपति कार्यलयअगाडि विरोध प्रदर्शन गरेका छन् । नेविसंघ त्रिवि कमिटीले विभिन्न पाँच बुँदे माग राख्दै आज विरोध प्रदर्शन गरेको हो ।

उपकुलपति ढुंगाझैँ माैन रहेकाे भन्दै सांकेतिक विरोधस्वरूप प्रदर्शनकारी विधार्थीहरुले उनको ढुंगाको मूर्ति बनाएर प्रदर्शन गरेका थिए । सो क्रममा उनीहरुले ‘त्रिविको प्रश्नपत्रमा भैरहेको लापरबाही बन्द गर’ ‘छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर’, ‘समयमै परीक्षाफल प्रकाशन गर’, ‘बीबीएको प्रश्नपत्रमाथि छानबिनका लागि पूर्वप्राध्यापकहरुलाई नियुक्त गर’, ‘विश्वविद्यालयको मर्यादा कायम गर’ जस्ता नारावाजी गरे ।

नेविसंघ त्रिवि समितिका सचिव श्यामराज ओझाको नेतृत्वमा दुई दर्जन विद्यार्थीहरु प्रदर्शनमा सहभागी थिए ।

टिप्पणीहरू