‘आमा’ लिएर पुण्यप्रसाद माधवको क्षेत्रमा भिड्ने

‘आमा’ लिएर पुण्यप्रसाद माधवको क्षेत्रमा भिड्ने

सचेत नेपाली पार्टीका अध्यक्ष पुण्यप्रसाद प्रसाईंले आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् । आज तिनकुनेस्थित सिदार्थ कटेजमा आयोजित एक कार्यक्रमका बीच उनले आगामी प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ-२ बाट उम्मेद्वारी दिने घोषणा गरेका हुन् ।

‘स्वतन्त्र राजनीतिक शक्ति नेपाल’को आयोजनामा भएको उम्मेद्वारी घोषणा कार्यक्रममा प्रसाईले आमा चुनाव चिन्ह लिएर यसअघि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जितेको काठमाडौं क्षेत्र नम्बर २ बाट भिड्ने घोषणा गरे ।

कार्यक्रममा स्वतन्त्र राजनीतिक शक्तिका संयोजक तथा नागरिक सुशासन पार्टीका अध्यक्ष रमेशप्रसाद खरेल, नेपाल आमा पार्टीका अध्यक्ष रोमलाल गिरीलगायत पाँच दर्जनको उपस्थिति रहेको छ ।

त्यस्तै, नेपाल नौलो जनवादी पार्टीका अध्यक्ष गंगालाल श्रेष्ठ, काठमाडौं क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हेमराज थापा, पूर्वसुरक्षाकर्मी परिषद् सदस्य सुधनसिंह बस्नेत पनि कार्यक्रममा देखिएका छन् ।

टिप्पणीहरू