बजारमा कमसल औषधिको बिगबिगी

बजारमा कमसल औषधिको बिगबिगी

नेपाली औषधि उत्पादक कम्पनी नोभा जेनेरिका प्राइभेट लिमिटेडले उत्पादन गरेको औषधि कमसल रहेको पाइएको छ ।

औषधि व्यवस्था विभागले बजार अनुगमनको क्रममा उक्त कम्पनीले उत्पादन गरेको जिनकोमिन–डिटी (जिङ्क डिस्पेरसिबल ट्याब्लेट आइपी) गुणस्तरहीन फेला पारेको बताइएको छ । विभागले त्यस्ता औषधि बजारबाट फिर्ता ल्याउन निर्देशन दिएको छ ।

औषधि ऐन २०३५ को दफा १४ बमोजिम बिक्री वितरण रोक्का गरी तुरुन्त फिर्ता गर्न विभागले सूचनामार्फत् जानकारी गराएको छ । त्यस्ता औषधिको विवरण पेश गर्न सम्बन्धित उद्योगी र प्रतिनिधिलाई भनिएको छ भने औषधि सिफारिस तथा बिक्री वितरण नगर्न नगराउनसमेत सुसूचित गराइएको छ ।

टिप्पणीहरू