पार्टीबाट निस्किएकालाई काँग्रेसले फिर्ता बोलायो
नेपाली काँग्रस जिल्ला कार्य समिति, तनहुँले विभिन्न कारणले पार्टीबाट अलग्गिएका, स्वतन्त्र भूमिकामा रहेकाहरुलाई मूलधारमा फर्किन आग्रह गरेको छ ।
नेपाली काँग्रेस तनहुँका सभापति जीतप्रकाश आलेले आज विज्ञप्ति जारी गरेर पार्टीबाट अलग भएका, स्वतन्त्र भूमिकामा रहेकाहरुलाई बिनाशर्त मूूलधारमा फर्किन आग्रह गरेको हुन् ।
यसअघिको स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवारी दिएको भन्दै पार्टी निकाला गरिएकाहरुलाई पनि फिर्ता बोलाइएको हो ।
स्थानीय तहको निर्वाचनमा पार्टीका जिम्मेवार निकायबाट न्यायपूर्ण गर्न प्रयन्त गर्दागर्दै केहीले पार्टीबाट राजीनामा दिएर वा उम्मेदवारविरुद्ध संगठित अभियानमा लागेर विचलित भएको विज्ञप्तिमा उल्लेख छ ।
समितिले भनेको छ, ‘पार्टीबाट प्राप्त अवसरहरु लिएको र अवसर प्राप्तिका नजिक रहेका साथीहरु पार्टीको उम्मेदवारविरुद्धको तत्कालको आक्रोशमा लाग्नुभएको कारण पार्टीलाई क्षति पुगेको छ ।’
समितिको गत बिहीबारको बैठकले पार्टीबाट छुट्टिएकाहरुलाई मूलधारमा समाहित गर्ने निर्णय गरेको हो ।
टिप्पणीहरू