एमालेको विरोधका बाबजुत बालेनको कदममा सुनिताको साथ्

एमालेको विरोधका बाबजुत बालेनको कदममा सुनिताको साथ्

काठमाडौँ महानरपालिका मेयर बालेन साहले निरन्तरता दिएको अनधिकृत संरचना हटाउने अभियानमा उपमेयर सुनिता डङ्गोलले आफ्नो पनि साथ रहेको बताएकी छन् ।

अभियानसँग जोडेर उनकै पार्टी एमालेका नेताहरुले नकारात्मक टिकाटिप्पणी गरिरहेका बेला आज एक अपिल जारी गर्दै डङ्गोलले यसबारे धारणा सार्वजनिक गरेकी हुन् । सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका अनधिकृत संरचना हटाउने कार्यलाई केही दिनदेखि महानगरपालिकाले निरन्तरता दिएको उल्लेख गर्दै उनले आफू उपमेयर भएको हैसियतले कानुन कार्यान्वयन गर्न आफ्नो सहयोग रहने प्रष्ट पारिन् ।

महानगरलाई स्वच्छ, सुन्दर, जीवन्त र व्यवस्थित सांस्कृतिक नगरका रूपमा थप विकास गर्ने आफ्नो एजेण्डाप्रति सचेत रहेको पनि उनले बताएकी छन् । महानगरको पछिल्लो अभियानसँग आफूलाई जोडेर आम महानगरवासीमा भ्रम सिर्जना गर्ने काम भएको उनको आरोप छ ।

उपमेयर डङ्गोलले एकपक्षीय प्रतिक्रिया राखेर भ्रम सिर्जना गर्ने समाचार लेख्ने कार्यले पत्रकारिताप्रतिको विश्वसनीयता नै कमजोर हुने कुरामा ख्याल राख्न सञ्चारमाध्यमलाई पनि आग्रह गरेकी छन् ।

टिप्पणीहरू