लौरो लिनेहरुको अहिले कुपण्डोल उकालोमा लाइन
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ’लौरो’ चिन्ह लिएर उठ्नेहरुले आज उम्मेदवारी घोषणा गर्न लागेका छन् ।
स्वतन्त्र तथा वैकल्पिक शक्तिको तर्फबाट पहिलो चरणको उम्मेदवारी घोषणा कार्यक्रम राखिएको हो । ललितपुरको कुपण्डोलस्थित होटल हिमालयनमा अपरान्ह साढे ३ बजे घोषणा कार्यक्रम हुने छ ।
आज उम्मेदवारी घोषणा गर्ने स्वतन्त्रहरुले ‘लौरो‘ चिन्ह लिएर निर्वाचन लड्ने तयारी गरेका छन् ।
टिप्पणीहरू