गठबन्धन स्वीकार्ने,अरु शर्त नस्वीकार्ने शेखर कोइरालाको अडान

गठबन्धन स्वीकार्ने,अरु शर्त नस्वीकार्ने शेखर कोइरालाको अडान

नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सत्तारुढ गठबन्धनसँग मिल्नुको विकल्प नभए पनि सीट बाँडफाँडमा अन्य दलको दवाब अस्वीकार्य भएको बताएका छन् । काँग्रेस संस्थापन पक्षको चर्को विरोध गर्दै आएको कोइराला समूहले एक सयभन्दा कम सीट स्वीकारेर गठबन्धन नगरिने बताएका हुन् ।

‘काँग्रेसले अहिलेको अवस्थामा गठबन्धन स्वीकारेर निर्वाचनमा जानुपर्ने बाध्यता छ । तर एक सय सीटभन्दा कम लिएर गठबन्धन गर्न सकिँदैन,’ उनको भनाइ छ । हिजो आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कोइरालाले उक्त धारणा राखेका हुन् ।

सत्तारुढ गठबन्धनभित्र काँग्रेसलाई बढीमा ७५ सिट दिइनुपर्ने आवाज उठेको छ । माओवादीले कम्तिमा ५५, नेकपा एकीकृत समाजवादीले २५ सीटमा दाबी गर्दै आएका छन् । बाँकी सिट अन्य दललाई बाँड्नुपर्ने काँग्रेसबाहेकका दलहरुको भनाइ छ ।

तर, काँग्रेस नेताहरुले आफूहरुको बटम लाइन एक सय सीट भएको बताउँदै आएका छन् ।

टिप्पणीहरू